स्वास्थ्य कार्यलय पाँचथरले परिवार स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जुन कार्यक्रमहरु यस प्रकार रहेका छन्।


१. परिवार नियोजन सेवा (Family Planning)

यस अन्तर्गत निम्न सेवाहरू प्रदान गरिन्छ:

  • अस्थायी साधन वितरण: कन्डम, पिल्स (पिल्स चक्की), डिपो (सुई), इम्प्लान्ट र आई.यु.सि.डि. (IUCD)।

  • स्थायी बन्ध्याकरण: मिनील्याप (महिलाका लागि) र भ्यासेक्टोमी (पुरुषका लागि)।

  • परामर्श सेवा: कुन साधन प्रयोग गर्ने र त्यसका फाइदाबारे जानकारी दिने।

२. सुरक्षित मातृत्व कार्यक्रम (Safe Motherhood)

आमा र नवजात शिशुको जीवन रक्षाका लागि यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ:

  • गर्भवती जाँच (ANC): कम्तीमा ८ पटक स्वास्थ्य संस्थामा गई गर्भ जाँच गराउने।

  • संस्थागत सुत्केरी सेवा: तालिमप्राप्त स्वास्थ्यकर्मीबाट अस्पताल वा स्वास्थ्य चौकीमा सुत्केरी गराउने (आमा सुरक्षा कार्यक्रम अन्तर्गत यातायात खर्च र नि:शुल्क सेवा)।

  • सुत्केरी पश्चातको जाँच (PNC): सुत्केरी भएको ४५ दिनभित्र गरिने स्वास्थ्य जाँच।

  • फोलिक एसिड र फलाम चक्की (Iron) वितरण।

३. सुरक्षित गर्भपतन सेवा (Safe Abortion Service)

  • अनिच्छित गर्भ रहेमा कानुनी मापदण्ड भित्र रही तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा औषधि वा औजारको माध्यमबाट सुरक्षित गर्भपतन सेवा प्रदान गराउन कार्यक्रम सञ्चालन गराउने।

४. नवजात शिशु तथा बाल स्वास्थ्य

  • खोप कार्यक्रम: बालबालिकालाई विभिन्न प्राणघातक रोगहरूबाट बचाउन राष्ट्रिय खोप तालिका अनुसार खोप लगाउने।

  • पोषण कार्यक्रम: भिटामिन 'ए' र जुकाको औषधि खुवाउने, बालभिटा वितरण र कुपोषणको उपचार।

  • बालरोगको एकीकृत व्यवस्थापन (IMNCI): झाडापखाला, निमोनिया जस्ता साधारण रोगको उपचार।

५. प्रजनन स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य

  • प्रजनन स्वास्थ्य रुग्णता (Morbidity): पाठेघर खस्ने समस्याको उपचार र रोकथाम।

  • किशोरकिशोरी मैत्री सेवा: किशोरकिशोरीलाई हुने शारीरिक र मानसिक परिवर्तन तथा यौन स्वास्थ्य सम्बन्धी परामर्श।