नेपालको संविधानमा स्वास्थ्यलाई प्रत्येक नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरे संगै प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको माताहातमा रही स्वास्थ्य कार्यालय पाँचथरले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यस स्वास्थ्य कार्यालय पाँचथरले पाँचथरका नागरिकलाई प्रत्यक्ष रुपमा प्रतिकारात्मक वा प्रवर्धनात्मक सेवा प्रदान गर्नुका साथै जिल्ला स्थित स्वास्थ्य संस्था मार्फत नागरिकलाई सेवा प्रदान गर्न समन्वय तथा सहजीकरण गर्दै आएको छ।

स्वास्थ्य कार्यालयको प्रमुख काम कर्तव्यहरु

  • प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मातहत कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण, सहयोग, एवं तोकिए बमोजिम प्रदेशको निर्देशन भए अनुसार कार्यन्वयन गर्ने/गराउने
  • जिल्लाभित्रका स्थानीय स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने खोप, अत्यावश्यक तथा गुणस्तर एवं सम्बेदनशील औषधी तथा स्वास्थ्य सामग्री भण्डारण तथा वितरणको योजना (मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक) गरी कार्यान्वयन गर्ने
  • जनस्वास्थ्य सर्भिलेन्स र बिपद महामारी व्यवस्थापन, सहजीकरण र समन्वय गर्ने
  • राष्ट्रिय स्वास्थ्य अभियान संचालन तथा सहयोग, समन्वय र सहजीकरण गर्ने
  • स्थानीय सरकार र स्वास्थ्य निकायहरु बीच समन्वय गर्ने
  • एकिकृत स्वास्थ्य सूचना बिश्लेषण र अध्य्यन गरी सो अनुसार योजना बनाउने एवं स्थानीय तहमा सहजीकरण तथा पृष्ठपोषण गर्ने
  • स्वास्थ्य सेवाको पहुँच तथा उपयोग वृद्धि गर्न आवश्यक योजना बनाउने, समन्वय तथा सहजीकरण गर्ने
  • जिल्ला भित्र संचालन हुने प्रचलित कानूनले तोके बमोजिम निजी अस्पताल, पोलिक्लिनिक, बिशेषज्ञ क्लिनिक लगायत अन्य स्वास्थ्य संस्थाहरुको दर्ता, सिफारिस, अनुमति, नविकरण तथा नियमन सम्बन्धी कार्य गर्ने
  • संस्थागत तथा जनशक्तिको प्राबिधिक क्षमता अभिवृद्धि गर्ने
  • संघ र प्रदेश सरकारको प्राथमिकतामा परेको स्वास्थ्य एवमं नियमित कार्यक्रमहरु (क्षयकुष्ठरोग नियन्त्रण, परिवार नियोजन, मातृ शिशु स्वास्थ्य, सामाजिक सुरक्षा, विशेषज्ञ स्वास्थ्य शिविर, पोषण, खोप, नसर्ने रोग लगायत अन्य विशेष कार्यक्रमहरु) को संचालन, समन्वय र सहजिकरण गर्ने
  • वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाई तथा पेशागत स्वास्थ्य प्रबर्धन एवं व्यवस्थापन गर्ने
  • जनसंख्या व्यवस्थापन सम्बंन्धी कार्य गर्ने
  • जिल्ला स्थित रहेको एम्बुलेन्स सेवालाई नियमन, अनुगमन तथा नविकरणमा सहजिकरण गर्ने
  • स्वास्थ्य कार्यक्रमहरुको कार्यान्वयन गर्न आवश्यक पर्ने बहुक्षेत्रीय समन्वयको लागि सहजीकरण गर्ने
  • दिगो विकास लक्ष्य, राष्ट्रिय र प्रादेशिक आवधिक योजना कार्यान्वयमा सहयोग, समन्वय र सहजीकरण गर्ने
  • प्रदेश सरकारबाट तोकिएका कार्यहरु गर्ने
  • अन्तरिक प्रशासन (आर्थीक, प्रशासनिक, व्यवस्थापन) सम्बन्धि कार्य गर्ने