किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (VBDRTC), हेटौंडाको आयोजना तथा स्वास्थ्य कार्यालय, पाँचथरको सहजीकरणमा हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत Transmission Assessment Survey (TAS-III)
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (VBDRTC), हेटौंडाको आयोजना तथा स्वास्थ्य कार्यालय, पाँचथरको सहजीकरणमा पाँचथर जिल्लाका ८ वटा स्थानीय तहका सामुदायिक तथा निजी विद्यालयहरूमा हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत Transmission Assessment Survey (TAS-III) सफलतापूर्वक सम्पन्न भएको छ। सर्भेका क्रममा संक्रमण पुष्टि भएका व्यक्तिहरूको घरमै पुगेर आवश्यक औषधि खुवाउने कार्यसमेत सम्पन्न गरिएको छ।
यस कार्यक्रममा सहयोग तथा समन्वय गर्नुहुने सबै सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, विद्यालय परिवार तथा स्थानीय समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।